भरतपुरबाट पौडी खेल्न गैंडाकोट आएका दुई जना बालकको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८२ वैशाख २२ गते १७:०४
भरतपुरबाट पौडी खेल्न गैंडाकोट आएका दुई जना बालकको मृत्यु

कावासोती । नवलपुरको गैंडाकोटमा खोलामा डुबेर २ जना बालकको मृत्यु भएको छ ।

पौडी खेल्न भनेर चितवनको भरतपुर महानगरपालिका वडा नं ८ बाट नवलपुरको गैंडाकोट नगरपालिका वडा नं ३ केलादीको जुक्ती खोलामा पौडी खेल्न आएका २ जना बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी मधु नेपालले जानकारी दिए ।

मृत्यु हुनेहरुमा भरतपुर ८ बस्ने १६ वर्षीय प्रमिशन पाठक र शिशिर पन्त रहेका डिएसपी पौडेलले जानकारी दिए ।

पौडी खेल्नका लागि प्रमिशन पाठक, शिशिर पन्त र अर्का १७ वर्षीय अखिल लामिछाने भरतपुर ८ धर्मचोक देखि गैँडाकोटको केलादी स्थित जुक्ती खोला पुगेका थिए । २ जना साथीहरु पानीमा डुबेको देखे पछि अखिल लामिछानेले स्थानीयलाई हारगुहार गरेका थिए । स्थानीयले बालकहरु प्रमिशन र शिशिरलाई खोलाबाट निकाल्दा उनिहरुको मृत्यु भैसकेको प्रहरीले जनाएको छ । मृतक बालकहरुको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८२ वैशाख २२ गते १७:०४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI