नवलपुरका पब्लिक क्याम्पसमा हुने स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशित
२०८१ फागुन २० गते १८:५४
कावासोती । नवलपुरमा रहेका त्रिभुवन विश्वविद्यालय अन्तर्गत पब्लिक क्याम्पसहरु हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यतालिका सोमबार प्रकाशित भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत पब्लिक क्याम्पस संघ नवलपुरको सोमबार बसेको बैठक पछि पब्लिक क्याम्पसहरुका लागि चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि एउटै कार्यतालिका प्रकाशन गरिएको पब्लिक क्याम्पस......
दुम्किबासमा भासिएको पुलको विकल्पमा नयाँ पुल वर्षा अगाडीनै बन्ने
२०८१ फागुन २० गते १५:२६
कावासोती । पूर्वपश्चिम राजमार्गअर्न्तगत नवलपुरको दुम्किबासमा पुल भासिएपछि अहिले डाइभर्सनबाट सवारी सञ्चालन भइरहेको छ । वर्षायामको जोखिमलाई ध्यान दिई विकल्पका रूपमा नयाँ पुल निर्माणको कामलाई पनि तीव्रता दिइएको छ । नारायणगढ बुटवल सडक विस्तारका क्रममा पुल भासिएको स्थानमा नै नयाँ पुल निर्माण भइरहेको छ । भासिएको पुल मर्मतका लागि......
जनशक्तिको अभाव हुँदा मध्यविन्दु प्रादेशिक अस्पताल आफै बिरामी
२०८१ फागुन २० गते १३:४३
कावासोती । जिल्लाको एक मात्र सरकारी अस्पताल जनशक्तिको अभावमा आफै बिरामी परेको छ । नवलपुरको कावासोती १६ मा रहेको मध्यविन्दु प्रादेशिक अस्पताल बिरामीको चाप अनुसार जनशक्ति नहुदा सेवा प्रवाहामा समस्या हुदै आएको हो । दैनिक ३ सय देखि ४ सय बिरामी उपचारका लागी आउने यो अस्पतालमा पर्याप्त जनशक्ति नहुदा......