हुप्सेकोटको राम्चेमा जमिन चर्कियो, सात परिवारका ३१ जना जोखिममा

NAWALPUR TIMES

हुप्सेकोटको राम्चेमा जमिन चर्कियो, सात परिवारका ३१ जना जोखिममा

कावासोती । नवलपुरको हुप्सेकोट गाउँपालिका–५ राम्चेमा विद्यालय परिसर तथा सात घर वरिपरिको जमिन चर्किएपछि स्थानीयमा त्रास फैलिएको छ।

मंगलबार साँझ करिब ७ बजे रुपकला प्राथमिक विद्यालय नजिकको बाटो, विद्यालयको प्राङ्गण तथा आसपासका सात वटा घर वरिपरि जमिन चर्किएको जानकारी प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो।

जमिन चर्किँदा श्रीलाल सिंजाली, मनबहादुर सिंजाली, इन्द्रबहादुर सिंजाली, समबहादुर राई मगर, वीरबहादुर सिंजाली, श्यामबहादुर राई मगर र भुपाल सिंजालीका घर जोखिममा परेका छन्।

ती घरमा बसोबास गर्ने कुल ३१ जना परिवार सदस्यलाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा सर्न प्रहरीले आग्रह गरेको छ। घटनाको कारणबारे सम्बन्धित निकायले थप अध्ययन गरिरहेको प्रहरीले जनाएको छ। हालसम्म मानवीय क्षति भएको कुनै जानकारी प्राप्त भएको छैन।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology