गण्डकी प्रदेश सभा सभामुख र उपसभामुखद्वारा रजहरको प्राकृतिक चिकित्सालय अवलोकन

NAWALPUR TIMES

गण्डकी प्रदेश सभा सभामुख र उपसभामुखद्वारा रजहरको प्राकृतिक चिकित्सालय अवलोकन

नवलपुर । गण्डकी प्रदेश सभाका माननीय सभामुख कृष्णप्रसाद धिताल एवं उपसभामुख विना कुमारी थापाले देवचुली–१६ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको अवलोकन गर्नुभएको छ ।

अवलोकनका क्रममा उहाँहरूले चिकित्सालयले प्रदान गर्दै आएको प्राकृतिक चिकित्सा, योग तथा स्वस्थ जीवनशैली प्रवर्द्धनसम्बन्धी सेवाका बारेमा जानकारी लिनुभएको थियो । अस्पतालका महाप्रबन्धक हरि सापकोटाले चिकित्सालयको स्थापना, उपचार पद्धति तथा हाल सञ्चालन भइरहेका सेवाबारे जानकारी गराउनुभएको थियो ।

सभामुख धितालले पछिल्लो समय प्राकृतिक उपचारप्रति नागरिकको आकर्षण बढ्दै गएको उल्लेख गर्दै रजहरमा सञ्चालन भइरहेको प्राकृतिक उपचार प्रभावकारी बन्दै गएको बताउनुभयो । उहाँले यस्ता वैकल्पिक उपचार पद्धतिलाई देशव्यापी रूपमा विस्तार गर्दै अगाडि बढाउन आवश्यक रहेको धारणा राख्नुभयो ।

उपसभामुख थापाले पनि प्राकृतिक चिकित्सा तथा योगमार्फत स्वस्थ जीवनशैली प्रवर्द्धनमा चिकित्सालयले महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । अवलोकनमा प्रदेश सभाका अन्य सदस्यहरूको समेत सहभागिता रहेको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology