कावासोती : प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा नवलपुर क्षेत्र नम्बर २ मा नेपाली काँग्रेस एकजुट भएर निर्वाचनमा होमिएको छ । यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने काँग्रेस नेताहरुले आफुहरु एकजुट भएको सन्देश दिएका छन् । नवलपुर क्षेत्र नम्बर २ मा काँग्रेसबाट लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष ओमबहादुर घर्तिमगर उम्मेदवार छन्
।
उम्मेदवारका लागि दाबेदार मानिएका प्रभावशाली नेताहरू विष्णु कुमार कार्की, विष्णु प्रसाद लामिछाने र शंकर तिवारीले व्यक्तिगत आकांक्षाभन्दा पार्टीको विजय ठूलो भएको भन्दै चुनावी अभियानमा होमिएका छन्।
नेताहरू बीचको यो समझदारीले क्षेत्रभरका कांग्रेस कार्यकर्तामा नयाँ उत्साह थपेको क्षेत्रीय सभापति सुर्य गुरुङले बताए । उनले भने , ‘ नेताहरु एकजुट भएर लाग्नु भएको छ , पार्टी भित्र कुनै बिबाद छैन , कार्यकर्ता उत्साहित छन् ” ।
उम्मेदवारीका बलिया दाबेदार मानिएका निवर्तमान सांसद बिष्णु कुमार कार्किले कार्यकर्ताहरूमा कुनै अन्योल नराख्न स्पष्ट सन्देश दिएका छन । उनले भने, “हामीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सुन्दर पक्ष हो, तर जब निर्वाचनको कुरा आउँछ, हामी सबै एउटै रुख चिन्हका सिपाही हौँ। मेरो व्यक्तिगत ईच्छा भन्दा पार्टीको निर्णय सर्वोपरि हो। ‘
उहाँले काँग्रेस उम्मेदवार ओमबहादुर घर्ती मगरलाई विजयी गराउन आग्रह गर्दै कार्यकर्ताहरुलाई ढुक्क भएर चुनावमा लाग्न निर्देशन दिए । कार्कि नेपाली काँग्रेसका केन्द्रिय सदस्य हुन ।

नेपाली काङ्ग्रेसका गण्डकीका महामन्त्री विष्णु प्रसाद लामिछानेले पार्टी निर्णयलाई आत्मसाथ गर्दै काँधमा काँध मिलाएर हिँड्ने बताए । उनले भने , ” क्षेत्र नम्बर २ मा कांग्रेसको जित जोगाउन सबै एकजुट हुनुपर्छ , अबको लक्ष्य जित हो , हामी एकजुट छौं , सबै कार्यकर्ता सङ्गठनमा एक भएर काङ्ग्रेसको जितका लागि लाग्नु ,जेन्जिको भावना समेटेर अगाडी बढ्ने पहिलो दल काङ्ग्रेस हो जनताका बिचमा एजेन्डा स्थापित गर्नु ” ।
काँग्रेस नेता शंकर तिवारीले काङ्ग्रेस आन्तरिक प्रतिस्पर्धाको कुरालाई बिर्सिएर अगाडी बढेको बताए । उहाँले चुनाब केन्द्रित भएर जित निकाल्ने गरि लाग्न कार्यकर्तालाई आग्रह गरे । सम्पुर्ण सङ्गठनको बल जित तर्फ अग्रसर रहेको उनले बताए ।

काँग्रेस उम्मेदवार ओमबहादुर घर्ती मगरले नेताहरूको यो विशाल हृदय र समर्थनले आफूलाई भावुक र जिम्मेवार बनाएको बताएका छन । उनले भने , “नेताहरुको यो साथ मेरो लागि मार्गदर्शक छ। हामी सबैको एउटै लक्ष्य नवलपुर-२ को चौतर्फी विकास र कांग्रेसको सान उच्च राख्नु हो। ” काङ्ग्रेस यस क्षेत्रमा उच्च मनोबलका साथ मैदानमा उत्रिएकाले र नागरिकको भरोसा पनि बढेको पाएकाले उत्साहित देखिएका छन । नवलपुर २ मा काँग्रेसले फागुन २१ को निर्वाचनका लागि पालिका तथा वडा स्तरिय कार्यालय उदघाटन, घरदैलो, सुझाब संकलन लगाएतका अभियान अगाडी बढाईरहेको छ ।

Facebook Comment