नवलपुर-१ मा रास्वपाबाट पुनः राजन गौतम उम्मेदवार

NAWALPUR TIMES

नवलपुर-१ मा रास्वपाबाट पुनः राजन गौतम उम्मेदवार

कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टीले नवलपुर क्षेत्र नम्बर १ बाट पुनः राजन गौतमलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

रास्वपाका गण्डकी प्रदेश सभापति समेत रहेका गौतमलाई सभापति रवि लामिछानेले टिकट थमाएका हुन् ।

गौतमले यसअघिको निर्वाचनमा २४ हजार ३ सय ५ मत प्राप्त गरेका थिए भने सोही क्षेत्रबाट नेपाली कांग्रेसका डा. शशाङ्क कोइराला २७ हजार ६७ मत ल्याएर विजयी भएका थिए ।

अघिल्लो नतिजा र अहिलेको जनलहरलाई विश्लेषण गर्दै रास्वपाले नवलपुर–१ लाई आफ्नो ग्रिन जोनको सूचीमा राखेको छ ।

ओ नवलपुरको क्षेत्र नम्बर २ मा भने हालसम्म उम्मेदवारको टुङ्गो लाग्न सकेको छैन ।

 

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology