त्रिवेणीधाम । माघें औंसीका अवसरमा नेपाल भारतका हजारौ भक्तजन त्रिवेणीधामा आइपुगेका छन । माघे औंसीको अघिल्लो दिन शनिबारबाटै यहाँ मेला लागेको छ ।
भारतको बिहार , उत्तरप्रदेश र नेपालका बिभिन्न स्थानवाट भक्तजनहरु यहा स्नान गर्न र पुजापाठ गर्न आएका हुन । त्रिवेणीधाममा रहेका दर्जनौ मठमन्दिरमा भक्तजनहरुले रातभर भजनकिर्तन गरेर रात कटाएका छन । यहाँका मठमन्दिरमा शनिबार देखिनै पुजापाठ र भजन किर्तन गर्नेको घुइँचो लागेको गजेन्द्रमोक्ष दिव्यधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रस्वर भुसालले जानकारी दिए ।
त्रिवेणीधाम स्थित गजेन्द्रमोक्ष दिव्य धामका स्वामी कृष्ण प्रपन्नाचार्यका अनुसार आज माघे औंसीमा त्रिवेणीधाममा स्नान गर्न देवताहरु समेत आउने जन बिश्वास रहेकाले यो औशीमा यहाँ स्नान गर्नाले पुण्य मिल्ने परापुर्वकाल देखिको विश्वास रहेको छ । त्रिवेणीधाम बजारवाट २ किलोमिटर उत्तरमा रहेको गजेन्द्र मोक्षदिब्यधाममा दर्शनार्थीको घुइचो लागेको छ । यो यहाँको सबै भन्दा ठुलो र भब्य मन्दिर हो ।
स्वर्णभद्रा, पुर्णभद्रा र नारायणीनदीको संगमस्थल त्रिवेणीधाम भएकाले र महिनाहरुमा माघ श्रेष्ठ महिनाभएका कारण औंसीका अवसरमा बाबुआमा नहुनेले यहा श्राद्ध गर्ने र दान दिने चलन रहेको छ ।
गजेन्द्रमोक्षधामका स्वामी कृष्णप्रपन्नाचार्यका अनुसार त्रिवेणीधाम बाल्मीकी ऋषिको तपोभूमी, लवकूशको जन्मस्थल, सितामाता धर्तीमा पाताल प्रबेश गरेको स्थल भएकाले यो स्थान प्राग ऐतिहासिक स्थल हो । रामायणको रचना गरेको स्थल पनि त्रिवेणीधाम हो । यसैले त्रिवेणीधामको ठुलो महत्व छ ।
भगवान मुक्तीनाथको चरणपादुका स्थल पनि भएकाले यस्को ठुलो धार्मीक महत्व रहेको छ । हात्ति र गोहिको लडाइमा भगवान नारायणले अबतार लिएको स्थान गजेन्द्रमोक्ष धाम हो । नारायणी नदिमा बिहानैदेखि यहा भक्तजनहरुको घुइचो लागको छ । त्रिवेणीका भित्रि सडकहरुमा मेला लागेको छ ।
माघे औंसीमा नारायणी नदिमा स्नान गरेर गौदान, तिलदान ,गुणदान गर्नाले पुन्य मिल्ने विश्वासमा यहा भक्तजनहरु आउने गर्छन ।
Facebook Comment