६ सय ६० जनाको निशुल्क स्वास्थ्य परीक्षण

NAWALPUR TIMES

६ सय ६० जनाको निशुल्क स्वास्थ्य परीक्षण

कावासोती । कावासोती-११ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निशुल्क स्वास्थ्य परिक्षण गराएका छ्न ।

लायन्स क्लबस अन्तरास्ट्रिय डिष्ट्रीक्ट ३२५, आर नेपाल, क्लष्टर ५ का क्लबहरुको आयोजनामा वरिष्ठ विशेषज्ञ डाक्टरहरुको उपस्थितमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ३सय ९ जना पुरुष र ३ सय५७ जना महिला  गरेर ६ सय ६६ जनाले निशुल्क स्वास्थ्य परिक्षण गराएका विद्यालयका प्रधानाध्यापक ठाकुर प्रसाद पंगेनीले जानकारी दिए ।

स्वास्थ्य शिविरमा २ सय ९३ जना मुटुरोगी, स्त्री तथा प्रसुती सम्बन्धि रोगका ६८ जना, आँखा सम्बन्धि ८५ जना, दाँत सम्बन्धि ८५ जना, हाडजोर्नी सम्बन्धि ७५ जना, नाक, कान घाँटीका ७० जना बिरामीले स्वास्थ्य परिक्षण गराएका थिए भने ९२ जना को भिडियो एक्सेरे र १ सय २० जनाको ईसिजी गरिएको थियो । शिविरमा स्वास्थ्य परिक्षण गरेका सबै बिरामीलाई निशुल्क औषधि समेत उपलब्ध गराईएको थियो ।

लायन्स क्लबस अन्तरास्ट्रिय डिष्ट्रीक्ट ३२५, आर नेपाल, क्लष्टर ५का ३२ वटा क्लबहरुको संयोजन, मौलाकालिका अस्पतालको प्राविधिक सहयोग तथा कावासोती नगरपालिका ११ नं वडा कार्यालयको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।

२०३२ पौष १४ गते स्थापना भएको विद्यालयले यहि पौष १२, १३ र १४ गते स्वर्ण महोत्सव मनाउदै छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology