लाङघाली एकता समाजको नवौ वार्षिक साधारण सभा तथा पांचौ अधिबेशन सम्पन्न

NAWALPUR TIMES

लाङघाली एकता समाजको नवौ वार्षिक साधारण सभा तथा पांचौ अधिबेशन सम्पन्न

कार्तिक २९
नवलपुरको कावासोती नगरपालिकामा रहेको लाड.घाली एकता समाजको नवौ वार्षिक साधारण सभा तथा पांचौ अधिबेशन सम्पन्न भएको छ ।
शनिवार कावासोती नगरपालिका वडा नं ८ स्थीत समाजको आफ्‌नै भवनमा भब्यताका साथ साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको हो ।
अधिबेशनले मुल समिती र महिला बिभाग समिती गरी दुई समिती चयन गरेको छ । मुल समिती अन्तर्गत नुतन थापामगरको अध्यक्षतामा ११ सदस्यीय समिती सर्वसहमतीमा चयन गरेको छ । जसको उपाध्यक्ष कमला राना मगर ख,सचिव देवबहादुर थापा, सहसचिव रामकुमार थापा, कोषाध्यक्ष टिकाराम थापा, सहकोषाध्यक्ष अशोक ताङनामी लगायतका सदस्यहरु रहेका छन ।

यसैगरि महिला बिभागतर्फ अध्यक्ष मनकुमारी थापा, सचिव शारदा झेडीमगर, सहसचिव हुमीसरा मिधुन लगायत अन्य सदस्यहरु चयन भएका छन । यसैगरी तिन सदस्यीय लेखा समिती समते चयन गरिएको छ जसको संयोजक हिरा मिधुन मगर र सदस्यहरुमा क्रमशः दलबहादुर रानामगर र खेमबहादुर थापा मगर चयन भएका हुन ।
निवर्तमान अध्यक्ष रामबहादुर रानाको अध्यक्षतमा संचालन भएको कार्यक्रममा प्रमुख अतिथी समाजसेवी कदमसिह तारुड. मगर प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा समाजसेवी एवं समाजका सल्लाहकार कर्णेल धनबहादुर मास्की राना, छबिलाल राना, लुराकान्ता थापा, प्रेमबहादुर राना र लुम्बिनी आदर्श डिग्री कलेजका प्रिन्सीपल एवं समाजका पुर्व लेखा संयोजक बाबुराम रानाको बिशेष उपस्थीति रहेको थियो ।

यसैगरी समाजसेवी कर्णेल धनबहादुर मास्की रानाले समाजको लागि नगद रु ५० हजार,समाजसेवी एवं आजका प्रमुख अतिथी कदमसिह तारुड.मगरले नगद रु ४५ हजार र समाजसेवी लुराकान्ता थापा मगरले नगद रु १० हजार रुपैया प्रदान गर्नुभएको छ । लाङघाली एकता समाजले मगर समाजलाई एकिकृत राख्दै एकआपसमा सहयोग र सद्भाव कायम गरि सामाजिक उत्तरदायित्वलाई अंगाल्दै बिभिन्न अन्य समुदाय एवं गैर मगर समाजलाई पनि बिभिन्न समयमा आर्थिक एवं खादान्न सहयोग गर्दै आईरहेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology