अरुणखोला-दमार सडकमा मोटरसाइकल दुर्घटना एकको मृत्यु, एक जना गम्भीर घाईते

NAWALPUR TIMES
प्रकाशित : २०८२ कार्तिक २ गते ८:४८
अरुणखोला-दमार सडकमा मोटरसाइकल दुर्घटना एकको मृत्यु, एक जना गम्भीर घाईते

कावासोती । नवलपुरको मध्यविन्दु-११ दमारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छ्न ।

अरुणखोला दमार सडकमा दमारबाट अरुणखोला तर्फ आउदै गरेको ग.प्र.०४-००१ प ४११३ नम्बरको मोटरसाइकलको चालकले नियन्त्रण गुमाउँदा मोटरसाइकल सडकछेउको माटोको ढिस्कामा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परेर मोटरसाइकल चालक मध्यविन्दु-१० करमघारी बस्ने २३ वर्षीय सुदिप बरालको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी मधु नेपालले जानकारी दिए ।

त्यस्तै दुर्घटनामा परेर मध्यविन्दु-१० करमघारीका १९ वर्षीय सुदिप थापा गम्भीर घाइते भएका छ्न । उनको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८२ कार्तिक २ गते ८:४८
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI