चितवन राष्ट्रियनिकुञ्जको बाँदरझुलामा गैंडा मृत फेला

NAWALPUR TIMES

चितवन राष्ट्रियनिकुञ्जको बाँदरझुलामा गैंडा मृत फेला

कावासोती । चितवन राष्ट्रिय निकुञ्जको कोर एरियामा २५ वर्षको भाले गैंडा मृत फेला परेको छ ।

निकुञ्जको अमलटारी सेक्टरको कोर एरियाको बांदरझुला क्षेत्रमा २५ वर्षको  गैंडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।

थापाका अनुसार दलदलमा फसेर मरेको गैंडाको खाग र खुर सुरक्षित रहेको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा यो आर्थिक वर्षमा मरेको यो चौथो गैँडा हो । गत आर्थिक वर्षमा यहाँ २८ वटा गैँडा मरेका थिए ।

चार वर्ष अघिको गैंडा गणनाको तथ्यांकअनुसार चितवन निकुन्जमा कुल ६ सय ९४ वटा गैंडा रहेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology