नवलपुरमा कांग्रेस पालिका सभापतिहरुको एक स्वर : नेतृत्व परिवर्तन अपरिहार्य

NAWALPUR TIMES

नवलपुरमा कांग्रेस पालिका सभापतिहरुको एक स्वर : नेतृत्व परिवर्तन अपरिहार्य

कावासोती । नेपाली कांग्रेस नवलपुरका आठ वटा स्थानिय तहका सभापतिहरुले नेपाली कांग्रेसको नेतृत्व परिवर्तन अपरिहार्य भएको बताएका छ्न ।

बुधबार कावासोतीमा बसेको स्थानिय तहका सभापतिहरुको बैठकले नेतृत्व परिवर्तन अपरिहार्य भन्दै जिल्लाका महाधिवेशन प्रतिनिधिहरुलाई विशेष महाधिवेशनको पक्षमा चलिरहेको हस्ताक्षर अभियानमा सहभागी भई परिवर्तनको पक्षधर बन्न विज्ञप्ति मार्फत आग्रह गरेको हो । त्यसै गरि बैठकले जिल्लाबाट निर्वाचित केन्द्रिय सदस्यहरुलाई आगामी केन्द्रिय समितिको बैठकमा विशेष या नियमित अधिवेशनको पक्षमा निर्णय गराउन पहल गर्न आग्रह गरेको छ ।

बैठक पछि प्रकाशित विज्ञप्तिमा देवचुली नगर सभापति डिल्लीराम कडरिया, गैँडाकोट नगर सभापति बद्री सापकोटा, मध्यविन्दुका कार्यवाहक नगर सभापति जित बहादुर थापा, कावासोती नगर उपसभापति गोमा खण्डलुक, बुलिङ्गटार सभापति ओमकुमार श्रेष्ठ, हुप्सेकोट सभापति बलबहादुर राना, विनयी त्रिवेणि सभापति अजित थापाले हस्ताक्षर गरेका छ्न ।

बैठकमा उपस्थित नभएका बौदीकाली सभापति केबि रानाले अभियानको पक्षमा आफ्नो समर्थन रहेको नवलपुर टाईम्सलाई बताए ।

CamScanner 08 10 2025 15.16

सभापतिहरुको बैठक र एजेण्डाको समन्वय अभियानको पक्षमा खुलेर लागेका गैंडाकोट नगर सभापति बद्री सापकोटाले गरेका हुन ।

नवलपुरमा अभियानको पक्षमा ६८ प्रतिशत हस्ताक्षर पुग्यो

विशेष महाधिवेशनको पक्षमा नवलपुरमा ६८ प्रतिशत हस्ताक्षर पुगेको छ । ५० जना महाधिवेशन प्रतिनिधि रहेको जिल्लामा फाईल बुझाउने समय सम्म ४० जना महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गर्ने दावी गरिएको छ ।

दुई संघिय निर्वाचन क्षेत्र रहेको जिल्लाको क्षेत्र नं १ मा अहिलेसम्म १६ जनाले हस्ताक्षर गरिसकेका छ्न । भोलि बोलाईएको महासमिति तथा महाधिवेशन प्रतिनिधिको भेला पश्चात् सभापति महेन्दध्वज जिसि र खगिसरा गुरुङले अभियानको पक्षमा हस्ताक्षर गर्ने दावी श्रोतले गरेको छ ।

त्यसैगरी क्षेत्र नम्बर २ मा हाल सम्म १८ जनाको हस्ताक्षर भईसकेको र केही नेताहरु काठमाडौं भएका कारण फाईल बुझाउने समय सम्म त्यो संख्या बढेर जाने बताईएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology