कावासोती । नेपाली कांग्रेसको विशेष महाधिवेशनको माग गर्दै नवलपुरमा कांग्रेस महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर अभियान तिब्र रुपमा अगाडी बढेको छ ।
दुई वटा संघीय निर्वाचन क्षेत्र रहेको नवलपुरमा काँग्रेसका ५० जना महाधिवेशन प्रतिनिधि रहेका छ्न । विशेष महाधिवेशन माग गर्दै नवलपुर क्षेत्र नं १ का ६० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर काठमाडौ पठाईसकिएको नेपाली काँग्रेस नवलपुर उपसभापति बालकृष्ण घिमिरेले पुष्टि गरे ।
घिमिरेका अनुसार क्षेत्र नं २ पनि हस्ताक्षर अभियान सन्चालन भैरहेको छ । क्षेत्र नं २ मा विशेष महाधिवेशनको पक्षमा ७५ प्रतिशत बढिले हस्ताक्षर गर्ने घिमिरेको दाबी छ ।
नवलपुरमा विशेष महाधिवेशनको पक्षमा जिल्ला उपसभापति बालकृष्ण घिमिरे सहित नेताहरु विष्णुदेवी पाण्डे,शंकर तिवारी,चेतन पौडेल, भविलाल भट्टराई,कर्णेल धनबहादुर मास्कि राना ,बद्री सापकोटा लगाएतकाले हस्ताक्षर अभियानलाई तिब्रता दिएका छ्न ।
यसै बिच नेपाली कांग्रेस नवलपुरले असोज २३ गते बिहिबार महाधिवेशन प्रतिनिधिहरुको भेला बोलाएको छ । जिल्लामा अधिकांश महाधिवेशन प्रतिनिधिहरु विशेष महाधिवेशनको पक्षमा खुले पछि दबाब बढदै जाँदा कांग्रेस नवलपुरले भेलानै बोलाएको हो ।
स्रोतका अनुसार जिल्लामा दबाब बढदै गए पछि जिल्ला सभापति महेन्द्रध्वज जिसिले सोमबार काँँग्रस महामन्त्री गगन थापालाई भेटेका थिए । महामन्त्रीसँगको भेट पछि जिसिले जिल्लामा भेला बोलाएका हुन । सभापति जिसि शेखर कोइराला पक्षका नेता हुन ।
प्रकाशित : २०८२ असोज २१ गते १४:०२
Facebook Comment