गोली लागेको अवस्थामा नवलपुरमा चितुवा मृत फेला

NAWALPUR TIMES
प्रकाशित : २०८२ असोज १५ गते १२:३१
गोली लागेको अवस्थामा नवलपुरमा चितुवा मृत फेला

कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिका-६ को तल्लो टाँडीस्थित दुर्गा सामुदायिक वनमा मृत चितुवा फेला परेको छ ।

टाउको, घाँटी र दाहिने खुट्टामा गोलीको छर्रा लागेर मरेको अवस्थामा अन्दाजी चार वर्षको पोथी चितुवा फेला पेको डिभिजन वन कार्यालय नवलपुरका वन अधिकृत भेष बहादुर महतोले जानकारी दिए ।

प्रारम्भिक जानकारी अनुसार सिकारीले गोली हानेपछि भौतारिँदै बाँसको झ्याङमा आएर चितुवा मरेको हुन सक्ने महतोले बताए ।

वनमा चितुवा मृत देखेपछि स्याउला काट्न गएकाहरुले वन कर्माचारीलाई खवर गरेका थिए । मृत चितुवालाई वनका कर्मचारी, प्रहरी, स्थानीय र पत्रकारको रोहबरमा मुचुल्का उठाई पोष्मार्टमका लागि डिभिजन वन कार्यालयमा राखिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको प्राविधिक टोली आएपछि पोष्मार्टमपछि चितुवालाई गाडिने छ । सिकारीले गोली हानी मारेको हुन सक्ने भन्दै जअनुसन्धान कार्य अघि बढाईएको छ ।

प्रकाशित : २०८२ असोज १५ गते १२:३१

ताजा अपडेट

Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI