बौलाह खोला पुलबाट खसेर मजदुरको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८२ भदौ २९ गते ११:१२
बौलाह खोला पुलबाट खसेर मजदुरको मृत्यु

कावासोती । पूर्वपश्चिम  राजमार्ग अन्तर्गत नवलपुरको देवचुलीमा पुलबाट खसेर गएराति एक मजदुरको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोतीवाट दुम्कौली स्थित चौधरी उद्योगग्राम जाँदै गरेका ३२ वर्षका चुनबहादुर सुनारीको बौलाह खोला पुलबाट खसेर शनिबार राति मृत्यु भएको हो ।

उनी घरबाट मोटरसाइकलमा चौधरी उद्योगमा काम गर्न जाँदै थिए । देवचुली नगरपालिका वडा नम्बर १३ स्थित बौलाह खोलाको रेलिंगमा मोटरसाइकल अनियन्त्रित भै आफै पल्टिएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल ठोक्किँदा उनी खोलामा खसेका थिए ।

प्रकाशित : २०८२ भदौ २९ गते ११:१२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI