नवलपुरमा स्थिति सामान्य बन्दै कर्फ्यु हटाइयो, निषेधाज्ञा भने जारी

NAWALPUR TIMES

नवलपुरमा स्थिति सामान्य बन्दै कर्फ्यु हटाइयो, निषेधाज्ञा भने जारी

कावासोती । नवलपुरमा मा जारी कर्फ्यु आदेश हटाइएको छ । प्रमुख जिल्ला अधिकारी भवेश्वर पाण्डेले आज सूचना जारी गर्दै बिहान ७ बजेबाट लागू हुने गरी कर्फ्यु आदेश हटाइएको जानकारी दिएका हुन्।

जिल्लाका विभिन्न स्थानमा उत्पन्न हुन सक्ने असहज अवस्था र शान्ति सुरक्षालाई दृष्टिगत गर्दै २०८२ भदौ २५ गतेदेखि लागू गरिएको कर्फ्यु हटाइए पनि निषेधाज्ञा भने यथावत् राखिएको प्रशासनले स्पष्ट पारेको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (क) बमोजिम जारी गरिएको निशेधाज्ञा अनुसार पाँच जना भन्दा बढी व्यक्तिले भेला हुने, जमघट गर्ने, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता गतिविधि गर्न निषेध गरिएको छ।

Messenger creation 20B51883 8F2F 4FBA 9482 779B0DAB4D4D

जिल्ला प्रशासनले कर्फ्यु हटेपछि सामान्य अवस्था बन्दै गएको बताए पनि, अवाञ्छित गतिविधि रोक्न निशेधाज्ञा निरन्तर रहने जनाएको छ। आदेश उल्लंघन गर्नेहरूमाथि कानूनी कारबाही हुने चेतावनी समेत प्रशासनले दिएको छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology