सशत्र प्रहरीद्रारा नवलपुरमा भन्सार छलेर ल्याईएका समाग्री बरामद

NAWALPUR TIMES

सशत्र प्रहरीद्रारा नवलपुरमा भन्सार छलेर ल्याईएका समाग्री बरामद
APF July17

कावासोती । नवलपुरकाे विभिन्न स्थानबाट ससत्र प्रहरीले विशेष चेकजाँचका क्रममा राजस्व छली गरेर ल्याईका अबैध कपडा र भाडा बरामद गरेको छ।

आज पश्चिमबाट पूर्वतर्फ आउँदै गरेकाे लु.प्र. ०१००१ ख.०३२३ यात्रुबाहक बसमा विशेष सूचनाको आधारमा चेकजाँच गर्दा देबचुलीकाे दलदलेबाट कपडा बरामद गरिएको ससत्र प्रहरीले जनाएको छ।

बरामद सामानमा कपडा र भाडा छन्। यी सबै कपडा र भाडाकाे मूल्य अनुमानित बजार मूल्य करिब १० लाख रहेकाे प्रहरीको प्रारम्भिक अनुमान छ।

बरामद कपडा र भाडा त्रिवेणी भन्सार कार्यालयमा पठाइएको ससत्र प्रहरीका डि एस पी लक्ष्मण बरालले जानकारी दिए ।

नवलपुर भौगोलिक रूपमा भारतसँग नजिक रहेको र पूर्व–पश्चिम राजमार्गसँग जोडिएको हुनाले यो अवैध सामान ढुवानीको प्रमुख मार्ग बन्न पुगेको हो।

यसअघि पनि ससत्र प्रहरी र नेपाल प्रहरीले पटक–पटक कपडा, मोबाइल, भाडा, मदिरा लगायतका सामान बरामद गर्ने गरेका छन्। तर, बरामद कार्य मात्र हुने तर मूल नेटवर्कसम्म पुग्न नसक्ने अवस्थाले अवैध व्यापार नवलपुरमा रोकिएको छैन।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology