पौडी खेल्ने क्रममा डुबेर हुप्सेकोटमा एक बालकको मृत्यु

NAWALPUR TIMES

पौडी खेल्ने क्रममा डुबेर हुप्सेकोटमा एक बालकको मृत्यु
Dead 1561007018

कावासोती । नवलपुरको हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी खोल्ने क्रममा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ ।

स्थानीय टारे पोखरीमा पौडी खेल्ने क्रममा डुबेर हुप्सेकोट–५ राम्चे बस्ने अप्सरा राई मगरको आठ वर्षीय छोरा आकाश राई मगरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार छ जना साथीसँगै टारे पोखरीमा पौडी खेल्न गएकामा डुबेको अवस्थामा स्थानीयले उद्धार गरेका थिए ।

उपचारका लागि अस्पताल ल्याइएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका हुन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology