कावासोती । बाघले आक्रमण गर्दा हुप्सेकोटमा एक जना घाईते भएका छ्न ।
हुप्सेकोटको त्रिकोण सामुदायिक वनमा घाँस काटन गएका हुप्सेकोट-१ बेलुवाका बर्ष ३८ का दिपेन्द्र शेर्पुन्जा घाईत भएको नवलपुर प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान स्थानीय त्रिकोण सामुदायिक वनमा घाँस काटन गएका शेर्पुन्जालाई बाघले आक्रमण गरेर घाईते बनाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाघको आक्रमण बाट घाइते भएका शेर्पुन्जाको दाँहिने हातको पाखुरा,छातीको दाहिने भाग र ढाँडमा चोट लागेको र अवस्था मध्यम रहेको र मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।
प्रकाशित : २०८२ असार २७ गते ९:०७
Facebook Comment