कावासोतीको विकास बजेट खर्च ८१.४ प्रतिशत

NAWALPUR TIMES
प्रकाशित : २०८२ असार २६ गते ११:४१
कावासोतीको विकास बजेट खर्च ८१.४ प्रतिशत

कावासोती । नवलपुरको कावासोती नगरपालिकाले आर्थिक वर्ष ०८१/०८२ मा ८१.४ प्रतिशत मात्रै विकास बजेट खर्च गर्न सफल भएको छ ।

अन्तिम भुक्तानी अवधि असार २५ गते रातिसम्म विकास बजेट अर्थात पुँजीगत तर्फ ८१.४ प्रतिशत बजेट खर्च भएको नगरपालिकाका लेखा अधिकृत विष्णु प्रसाद भुसालले जानकारी दिए ।

यो आवमा नगरपालिकाले पुँजीगत तर्फ ४१ करोड ६८ लाख २३ हजार २ सय ४२ रुपैयाँ बजेट विनियोजन गरेकोमा अन्तिम भुक्तानी अवधि असार २५ गते रातिसम्म ८१.४ प्रतिशत अर्थात ३३ करोड ९३ लाख ११ हजार ११ रुपैयाँ ८६ पैसा बजेट खर्च भएको हो ।

त्यसै गरि नगरपालिकाले चालु खर्च तर्फ ८८.६ प्रतिशत बजेट खर्च भएको जनाएको छ । नगरपालिका यो आर्थिक वर्षमा चालू तर्फ ६७ करोड ३९ लाख ५५ हजार २ सय ३० विनियोजन गरेकोमा ५९ करोड ७२ लाख ३२ हजार ३ सय ८ रुपैयाँ ४९ पैसा अर्थात ८८.८६ प्रतिशत बजेट खर्च गरेको हो ।

समग्रमा नगरपालिकाले यो आर्थिक वर्षमा ८५.८ प्रतिशत बजेट खर्च गरेको जनाएको छ । नगरपालिकाले आ.व ०८१/०८२ का लागि चालू र पुँजीगत गरेर १ अर्ब ९ करोड ७ लाख ७८ हजार ५ सय ७२ को बजेट ल्याएको थियो । कुल बजेटको ८५.५ अर्थात ९३ करोड ६५ लाख ४३ हजार ३ सय २० रुपैयाँ ३५ पैसा खर्च गर्न सफल भएको लेखा अधिकृत भुसालले बताए ।

प्रकाशित : २०८२ असार २६ गते ११:४१
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI