कावासोती । माध्यामिक शिक्षा परीक्षा (एसइई)को शुक्रबार प्रकाशित नतिजा अनुसार जिल्लामा ४ जिपिए ल्याउने सबै भन्दा धेरै ४ जना रहेको देवचुली नगरपालिकाको समग्र नतिजा ८०.३३ प्रतिशत रहेको छ ।
गत शैक्षिकसत्रमा देवचुली नगरपालिकाका १० सामुदायिक र ६ संस्थागत विद्यालयका १ हजार ३७ विद्यार्थी माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सहभागी भएका थिए ।
नवलपुरमा ४ जिपिए ल्याउने ९ जना मध्ये देवचुली नगरपालिकाका ४ जना रहेका छ्न । शुक्रबार प्रकाशित नतिजा अनुसार विश्वज्योती मावी प्रगतिनगर की लक्ष्मी श्रेष्ठ र सुस्मिता केसी, जनज्योति नमुना माध्यमिक विद्यालयकी अन्जु श्रेष्ठ तथा मुनलाईट आदर्श पब्लिक एकेडेमीकी रोशा नेपालीले ४ जिपिए ल्याउन सफल भएका हुन ।
देवचुलीबाट माध्यमिक शिक्षा परीक्षामा सहभागी भएका १० वटा सामुदायिक विद्यालयको समग्र नतिजा ७८.१५ प्रतिशत रहेको देवचुली नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । १० वटा सामुदायिक विद्यालय मध्ये देवचुली-९ को कालिका माध्यमिक विद्यालयले सबै भन्दा धेरै अर्थात ९०.६३ प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भएको हो । यो विद्यालयबाट ३२ जना विद्यार्थी परीक्षा मा सहभागी हुँदा २९ जना उतिर्ण भएका हुन ।
त्यसै गरि नगरभित्रका ६ वटा संस्थागत विद्यालयको समग्र नतिजा ९३.२९ प्रतिशत रहेको छ । देवचुली -१६ को वाईजभिजन ईङ्ग्लिस बोर्डिङ स्कुल र देवचुली-१३ को मुनलाईट आदर्श पब्लिक एकेडेमीले शत प्रतिशत विद्यार्थी उतिर्ण भएका छ्न । भने २ जना ४ जिपिए ल्याउन सफल विश्वज्योती माध्यमिक विद्यालयले ९६.६१ प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भएको छ ।
प्रकाशित : २०८२ असार १४ गते १२:११
Facebook Comment