कावासोतीमा रोकिराखेको ट्रकमा आगलागी

NAWALPUR TIMES

कावासोतीमा रोकिराखेको ट्रकमा आगलागी

कावासोती । महेन्द्र राजमार्ग अन्तर्गत कावासोतीमा सोमबार एक ट्रकमा आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोतीको थकालीचोक नजिक कालिगण्डकी अस्पताल अगाडि रोकिरहेको ट्रकमा आगलागी भएको हो ।

ट्रकको अगाडिको भाग जलेको छ । प्रहरी, दमकल र स्थानीयको सहयोगले आगलागी भएको केही बेरमै निभाइएको थियो ।

सोमबार बिहान ०५३७ नम्बरको ट्रकको अघिल्लो भागमा आगलागी भएको हो । इन्जिन तातेर आफैं आगो लागेको हुनसक्ने प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology