घडियाल काव्य उत्सवको चौथो संस्करण भोलि देखि प्राकृतिक चिकित्सालयमा

NAWALPUR TIMES
प्रकाशित : २०८२ वैशाख २५ गते १०:१७
घडियाल काव्य उत्सवको चौथो संस्करण भोलि देखि प्राकृतिक चिकित्सालयमा

कावासोती । घडियाल काव्य उत्सवको चौथो संस्करण भोलि देखि सुरु हुने भएको छ ।

दुई दिन सम्म चल्ने उत्सवमा प्यानल बहस, जैविक काव्य वाचन, ईको क्लबका विद्यार्थीहरुको कविता वाचन, ह्याप्पी पत्रकारिता पुरस्कार र ह्याप्पी साहित्य सम्मान वितरण गरिने कार्यक्रम रहेको एमएमका प्रवन्ध निर्देशक दिपेश कडरियाले बताए ।

उत्सवको पहिलो दिन दुई वटा सेसनमा प्यानल बहस हुने छ । पहिलो सेसनमा स्वर्णिम जिवनमा प्राकृतिक चिकित्सा विषयमा प्यानल बहस हुनेछ । यो सेसनमा वक्ताको रुपमा अर्थशास्त्री तथा प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्ले र प्राकृतिक चिकित्सालयका व्यवस्थापक हरि सापकोटा रहेका छ्न भने सेसनको सन्चालन पत्रकार रमेश बस्ताकोटीले गर्ने एफएमका स्टेसन म्यानेजर आदर्श सुशीलले जानकारी दिए ।

त्यसै गरि दोस्रो सेसनको बहसमामा सिनेकर्मी सरोज खनाल र होमस्टे महासंघका केन्द्रिय अध्यक्ष प्रेमशंकर मर्दनियाले वक्ताको रुपमा भाग लिने छ्न । यो सेसनको विषय सिनेमाले पर्यटन प्रबर्द्धन: कति भ्रम कति यथार्थ रहेको र सेसनको सन्चालान पत्रकार बोमलाल गिरीले गर्ने सुशीलले  बताए ।

पहिलो दिन दुईवटा सेसनको प्यानल बहस समापन पछि आगनीमा लिट-नेचर अर्थात जैविक काव्य वाचनको कार्यक्रम रहेको छ । जैविक काव्य वाचनमा नवलपुर र चितवनका गरि १२ जना साहित्यकारहरुले काव्य वाचन गर्ने छन ।

काव्य वाचनमा भुपेन्द्र गण्डर्षी, राधा पाण्डे, राजन पाण्डे, आई पि सापकोटा, आदर्श सुशील, विष्णु भट्टराई, भुपिन, सिर्जन अविरल, उदय अधिकारी, प्रकाश चापागाईं, गोविन्द गोपाल खतिवडा र विपिन पाठक सहभागी हुने आयोजकले जनाएको छ । यो सेसनको सन्चालन लेखराम सापकोटाले गर्ने छ्न ।

कार्यक्रमको दोस्रो दिन देवचुली नगरपालिका भित्रका विद्यालयका ईको क्ल्बका विद्यार्थीहरुको पर्या बाल काव्य सरिता सेसन रहने छ । यो सेसनमा बाल कविहरुले पर्यावरण सम्बन्धि बाल कविताहरु वाचन गर्ने छ्न ।

उत्सवको दोस्रो ह्याप्पी संरक्षण पत्रकारिता पुरस्कार- २०८२ र ह्याप्पी साहित्य सम्मान वितरणको कार्यक्रम रहेको छ । यस वर्षको ह्याप्पी संरक्षण पत्रकारिता पुरस्कार नवलपुरका पत्रकार दयाराम आचार्यलाई प्रदान गरिने एमएमका प्रबन्ध निर्देशक कडरियाले बताए । गत वर्ष यो पुरस्कार संजय भट्टराईलाई प्रदान गरिएको थियो । उत्सवमा यो वर्षको ह्याप्पी साहित्य सम्मान साहित्यकार सदानन्द अभागीलाई प्रदान गरिने छ ।

१०३.८ ह्याप्पी एमको आयोजनामा भोलि देखि सुरु हुने उत्सव देवचुली-१६ रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयको प्राङ्गणमा सन्चालन हुने कडरियाले जानकारी दिए ।

प्रकाशित : २०८२ वैशाख २५ गते १०:१७
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI