एसपिएम कलेजमा स्ववियुमा निर्वाचितलाई प्रमाणपत्र हस्तान्तरण

NAWALPUR TIMES

एसपिएम कलेजमा स्ववियुमा निर्वाचितलाई प्रमाणपत्र हस्तान्तरण

कावासोती । नवलपुरको गैंडाकोट २ मा रहेको एसपिएम कलेजमा स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु) मा नवनिर्वाचित अध्यक्ष,पदाधिकारी तथा सदस्यहरुलाइ प्रमाणपत्र तथा बधाई कार्यक्रम सम्पन्न भएको छ ।

एसपिएम कलेजमा नेपाल विद्यार्थी संघको प्यानल निर्विरोध निर्वाचित हुँदा अध्यक्षमा श्याम वाचे मगर,सचिवमा रवि साखी, कोषाध्यक्षमा स्काइरा सापकोटा, प्रत्यक्ष सदस्यमा खगिसरा सारु,सुनिता गन्द्रमा,चन्द्रीका नेपाली त्यसैगरी समानुपातिक सदस्यमा अरुणिमा वाशिस्ठ पौडेल,सुजन बराकोटी,खेमराज आचार्य,रिममाया आले मगर र विष्णु गिरी निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक शिवजी अधिकारीले जानकारी दिनुभयो ।

प्रमाणपत्र वितरण तथा बधाई कार्यक्रममा प्रमुख अतिथि गैंडाकोट नगरपालिका नगर प्रमुख एवं एसपिएम कलेजका संरक्षक मदनभक्त अधिकारीले विद्यार्थीहरुमा पढाइका अतिरिक्त राजनीतिक चेतनाको विकास हुनुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा विशिस्ट अतिथि नेपाली काङ्ग्रेस नवलपुर क्षेत्र नम्बर १ का सभापति अमृत भट्टचन,नेपाली काङ्ग्रेस महासमिति सदस्य गोकुल सापकोटा,नेपाली काङ्ग्रेस गैंडाकोट नगर सभापति बद्री सापकोटा,एसपिएम कलेज ब्यबस्थापन समिती अध्यक्ष महेन्द्रभक्त अधिकारीले शुभकामना व्यक्त गर्दै विद्यार्थीहरुलाइ परेको समस्या समाधानमा आफुहरु जुनुसुकै बेला पनि लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा अतिथिहरु नेपाली काङ्ग्रेस गैंडाकोट नगर सचिव गोविन्द घिमिरे,नेकपा माओवादी केन्द्र गैंडाकोट नगर सचिव अर्जुन पोख्रेल,नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य रमेश कोइराला,नेविसंघ जिल्ला अध्यक्ष हरि सुवेदी,एसपिएम कलेजका प्राचार्य दीपेन्द्र पौडेल,प्रजातान्त्रिक प्राध्यापक संघ एसपिएम कलेज अध्यक्ष गणेश शर्मा,निवर्तमान अध्यक्ष गोविन्द रिमाल,नेपाल शिक्षक संघ नवलपुर अध्यक्ष इन्द्रराज भट्टराई लगायतका अतिथि हरुको नवनिर्वाचित समितिलाइ विद्यार्थीहरुको हक,हित र अधिकारको पक्षमा काम गर्न शुभकामना दिनुभयो ।

कार्यक्रममा नेपाल तरुण दल नवलपुरका अध्यक्ष मीन घले,केन्द्रिय सदस्य मोतिचन्द्र चालिसे,नेविसंघ जिल्ला सदस्य एवं स्ववियु निर्वाचन प्रतिनिधि श्याम बन,नेपाल प्रेस युनियन गण्डकी प्रदेश सदस्य गोविन्दराज लामिछाने,अखिल क्रान्तिकारी गण्डकी प्रदेश सचिव विसद उपाध्याय,नेविसंघ जिल्ला सदस्य युवराज काफ्ले लगायतका अतिथिहरु रहनुभएको थियो ।

एसपिएम कलेज स्ववियु निर्वाचन समिति संयोजक शिवजी अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण प्राध्यापक माधव सिग्देलले गर्नुभएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology