दुम्किवास–त्रिवेणी निमार्णको काम अघि बढेको छ : मुख्यमन्त्री पाण्डे

NAWALPUR TIMES
प्रकाशित : २०८१ फागुन २८ गते १३:१०
दुम्किवास–त्रिवेणी निमार्णको काम अघि बढेको छ : मुख्यमन्त्री पाण्डे

कावासोती । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हुलाकी राजमार्गअन्तर्गत नवलपुरको दुम्कीवास–त्रिवेणी खण्डको निमार्णको काम अघि बढेको बताएका छन ।

Messenger creation 0DB034C3 9A94 44D9 AC9C 2D670AAF8FFE मध्यविन्दु प्रादेशिक अस्पतालको उद्घाटन गर्न नवलपुर आएका आउनुभएका मुख्यमन्त्री पाण्डेसँग बुधबार नेपाल पत्रकार महासंघ नवलपुरले गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन ।

आठ किलो मिटर बाटो नखुल्दा त्रिवेणीका वासिन्दाले झण्डै ६० किलो मिटेर घुमेर यात्रा गर्नु पर्ने बाध्यता रहेको भन्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार तत्काल नाका खोल्न सकारात्मक रहेको र प्रक्रिया पनि अघि बढाइएको बताए ।

राष्ट्रिय वन्यजन्तु तथा संरक्षण विभागले वातावरण प्रभाव मूल्याङ्कन (ईआइए) गर्न स्वीकृति दिएकाले ईआइए लगत्तै डीपीआर तयार हुने बताए । यो सबै प्रक्रिया पूरा गरेर बाटो खोल्न समय लाग्ने भए त्यसअघि बाटो सफा गरेर तत्कालका लागि हल्का सवारी साधान चल्न सक्ने बताउने काम पनि अघि बढेको उनले बताए । त्यसका लागि प्रदेश मन्त्रिपरिषदबाट निर्णय गरेर सङ्घीय सरकारलाई पठाएको मुख्यमन्त्री पाण्डेले बताए ।

‘‘वन मन्त्रालयका सचिव र विभागका महानिर्देशक लगायतसँग पनि छलफल गरी प्रदेश मन्त्रिपरिषद्बाट निर्णय गरी सहजिकरण गरिदिन आग्रह गर्दै सङ्घीय मन्त्रिपरिषदमा फाइल पठाएका छौं,’’ मुख्यमन्त्री पाण्डेले भने ‘‘सायद सरकारले अध्ययन गर्दै होला, छिट्टै निर्णय आउने अपेक्षामा छौं ।’’

हुलाकी राजमार्ग भए पनि यो प्रदेशका लागि महत्वपूर्ण भएकाले प्रदेश मातहत ल्याउन पनि पहल गरिने उहाँको भनाइ छ । उहाँले प्रधानमन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय समस्या समाधान समितिको बैठकमा पनि पटक पटक कुरा राखेको, व्यक्तिगत भेटघाटहरुमा पनि प्रधानमन्त्री र अन्य सरोकारवालालाई जानकारी गराएको बताए ।

२०६२ सालदेखि सुरु गरिएको उक्त सडकखण्ड २०६३ सालमा ट्रयाक पुरा भएको थियो । २० किलोमिटरको उक्त सडक खण्डमा २०६३ सालको फागुनमा झण्डै एक हप्तासम्म सामान्य सवारी साधन पनि चलेका थिए । तर थप निर्माणको काम अघि नबढेपछि सवारीसाधन पनि चल्न नसक्दा पानी र पहिरोले बाटो बिगार्दै गएपछि अहिले यो ८ किलोमिटरको बाटोको निसाना पनि मेटिँदै गएको छ ।

हुलाकी सडक खण्डले चिनिने उक्त बाटो २०६३ सालमा गजेन्द्र मोक्ष धामका पीठाधीश कमलनयन आचार्यको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधिसहित तत्कालिन १४ गाविसका जनता मिलेर ट्रयाक खोली निर्माण सुरु भएको थियो । तर हालसम्म पनि बाटोले गति नलिएपछि स्थानीय निक्कै चिन्तित बनेका छन् र उनीहरुले आफूहरुलाई लुम्बिनी प्रदेशमा गाभिदिन आग्रह गर्दै बाटो सञ्चालनमा नल्याए प्रदेश परिवर्तनको माग राखेर आन्दोलन गर्ने चेतावनी नै दिएका छन् ।

यही आठ किलो मिटर बाटो बन्न नसक्दा त्रिवेणीका बासिन्दा आफ्नै गाउँपालिका जान वा जिल्ला सदरमुकाम कावासोती र प्रदेशको राजधानी आवतजावतका लागि लुम्बिनी प्रदेशको नवलपरासी भएर ६० किलोमिटर लामो बाटो हिँड्नु पर्ने बाध्यता छ ।
प्रदेशकै ‘लाइफलाइन’ मानिएको यो सडकले दक्षिणमा त्रिवेणीबाट भारत र मुस्ताङको कोरलाबाट चीनसँग जोड्ने भएकाले गण्डकी प्रदेश सरकारले यसलाई गौरवको आयोजनामा राखेको छ । तर त्रिवेणीको ८ किलोमिटरमध्ये केही भाग चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र पर्ने भएकाले त्रिवेणी–दुम्कीवास सडक खण्ड बन्न सकेको छैन । यो नाका खुलाउन सकेमा गण्डकी प्रदेशका लागि मात्र नभए समग्र मुलुककै लागि प्रभावकारी हुने र लाभ दिन सक्ने  त्रिवेणी गजेन्द्र मोक्ष दिव्यधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्र भुसाल बताउछन।

यो सडक खण्ड सञ्चालनमा आएमा त्रिवेणी धामबाट दुम्कीवास आउनलाई अहिले प्रयोग हुने गरेको समयको ७५ प्रतिशत बचत हुनेछ । भारतसँग सहजै जोडिन सक्ने र भन्सारसमेत सञ्चालन हुने भएकाले यसलाई विशेष चासो दिएर पक्की सडक बनाउन स्थानीयले माग गरेका छन् ।

प्रकाशित : २०८१ फागुन २८ गते १३:१०
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI