६ महिनामा १ लाख बढीले गरे निकुञ्जको भ्रमण

NAWALPUR TIMES
प्रकाशित : २०८१ माघ ४ गते १२:५९
६ महिनामा १ लाख बढीले गरे निकुञ्जको भ्रमण

कावासोती । चालु आर्थिक वर्षको ६ महिनामा १ लाख बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छ ।

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी अविनाश थापाका अनुसार आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा निकुञ्ज घुम्न आउने पर्यटकको संख्या १ लाख १० हजार ३ सय ४५ पुगेको हो ।

यो अवधिमा ५३ हजार १ सय ३, सार्क मुलुकका १० हजार ८ सय ५० र अन्य विदेशी मुलुकका ४६ हजार ३ सय ९२ जनाले निकुञ्ज भ्रमण गरेका सूचना अधिकारी थापाले बताए । यो अवधिमा निकुञ्ज घुम्न आएका पर्यटकबाट निकुञ्जले १३ करोड १ लाख ४६ हजार ४ सय ५० राजस्व संकलन गरेको छ ।

यो अवधिमा निकुञ्जले राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा वन्यजन्तुले पुर्‍याएको क्षती बापत २८ लाख ८ हजार ४ सय ९२ रुपियाँ क्षतिपूर्ति उपलब्ध गराएको सूचना अधिकारी थापाले बताए ।

 

प्रकाशित : २०८१ माघ ४ गते १२:५९
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI