कावासोतीमा मोतियाविन्दुका बिरामीको नि:शुल्क शल्यक्रिया गरिने

NAWALPUR TIMES
प्रकाशित : २०८१ कार्तिक २० गते १६:२८
कावासोतीमा मोतियाविन्दुका बिरामीको नि:शुल्क शल्यक्रिया गरिने

कावासोती । कावासोतीमा आगामी कात्तिक २५, २६ र २७ गते मोतियाविन्दुको नि:शुल्क शल्यक्रिया शिविर हुने भएको छ । रोटरी क्लव अफ कावासोतीको आयोजनामा तिलगंगा आँखा अस्पतालका चिकित्सकद्धारा आँखा शिविरको आयोजना गरिएको हो ।

शिविरमा दर्ता, उपचार एवं परीक्षणको नाममा कुनै शुल्क नलिने तथा अप्रेशत पश्चात आवश्यक पर्ने परीक्षण, औषधी र चस्मासमेत निशुल्य उपलब्ध गराइने रोटरी क्लव अफ कावासोतीका अध्यक्ष केशवराज भट्टराईले जानकारी दिए ।

जिल्लामा अहिलेसम्म चलाइएका शिविरबाट ११ सय जनाले उपचार एवं दृष्टिलाभ लिएको क्लवले जनाएको छ । अप्रेशन अपाङ्ग पुर्नस्थापना केन्द्र कावासोती ८ (जिल्ला प्रहरी कार्यालयको ठिक पछाडि) हुने बताइएको छ । अप्रेशन स्थलमा कात्तिक २३ गतेदेखि निशुल्क मोचियाविन्दुको परीक्षण पनि सञ्चालन हुने रोटरी क्लवले जनाएको छ ।

प्रकाशित : २०८१ कार्तिक २० गते १६:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI