शनिबार देखि नारायणीमा डुबेर बेपत्ता सिद्धार्थ मृत फेला

NAWALPUR TIMES

शनिबार देखि नारायणीमा डुबेर बेपत्ता सिद्धार्थ मृत फेला
1730198404598 edit 957667941225455

कावासोती । गत शनिबार साथीहरु सँग पौडी खेल्न जाँदा नारायणी नदिमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ ।

मध्यविन्दु नगरपालिका वडा नं २ को बलघट्टामा पौडी खेल्न गएका मध्यविन्दु-४ मदनपुरका सिदार्थ बस्नेत नारायणीमा डुबेर बेपत्ता भएका थिए ।

बेपत्ता भए पछि उनलाई खोजी गर्ने क्रममा उनलाई विनयी त्रिवेणी गाउँपालिका वडा नं २ को बगुवनको नारायणी नदि किनारमा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी जेसि साहले जानकारी दिए ।

उनको शवलाई पोस्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology