रवि लामिछानेमाथि अनुसन्धानका लागि प्रहरीले पाएको म्याद आज सकिँदै

NAWALPUR TIMES

रवि लामिछानेमाथि अनुसन्धानका लागि प्रहरीले पाएको म्याद आज सकिँदै

कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेमाथि ठगी र संगठित अपराधमा अनुसन्धानका लागि प्रहरीले पाएको म्याद आज सकिँदै छ। आइतबार कास्की जिल्ला अदालतले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको थियो। तर, लामिछाने शुक्रबारै पक्राउ परेकाले आज म्याद सकिन लागेको हो।

रवि निर्दोष रहेको र उनलाई रिहा गर्नुपर्ने माग गर्दै रास्वपा समर्थकहरूको आन्दोलन भने आज पनि जारी रहनेछ। आज पोखराको सिर्जनाचोकमा प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ। पोखरामा भेला भएका कार्यकर्ताहरूलाई यताउता नगई आन्दोलनमै केन्द्रित हुन निर्देशन दिइएको छ।

लामिछाने पक्राउ परेसँगै रास्वपाले देशभरका कार्यकर्तालाई पोखरा झिकाएको थियो। शनिबारदेखि नै उनीहरूले निरन्तर प्रदर्शन गरिरहेका छन्। लामिछानेलाई म्याद थपका लागि अदालतमा पेस गरिने कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology