नवलपुरमा चाडपर्व लक्षित सुरक्षा योजना लागू

NAWALPUR TIMES
प्रकाशित : २०८१ असोज ६ गते १९:३९
नवलपुरमा चाडपर्व लक्षित सुरक्षा योजना लागू

कावासोती । नवलपुरमा चाडपर्व लक्षित सुरक्षा योजना लागू भएको छ ।

प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलका अनुसार जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा योजना-२०८१ पारित गरेको हो । पारित भएसँगै जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा आएको उनले बताए ।

योजनामा घरेलु मदिरा नियन्त्रण, पूर्व-पश्चिम राजमार्ग र सहायक मार्ग क्षेत्रको सुरक्षा चाडपर्वको अवधी भर सवारी दुर्घटना, ट्राफिक नियमको उल्लघन, अवैध सामाग्री, लागुऔषध, पटका  ओसार पसार लगायतका गतिविधिलाई प्राथमिकतामा राखिएको छ ।

योजनाअनुसार नेपाल प्रहरीको तर्फबाट ३ सय ४५ र सशस्त्र प्रहरीको तर्फबाट १ सय ७८ जना जनशक्ति परिचालन हुने छन् । साथै जिल्लामा खाद्यान्न र अत्यावश्यक सामग्रीको कृत्रिम अभाव हुन नदिन बजार अनुगमनलाई तीव्र पारिएको छ ।

प्रकाशित : २०८१ असोज ६ गते १९:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI