कावासोती । पश्चिम नवलपरासीको सुनवलबाट मिनि ट्र्कमा लुकाएर पुर्व तर्फ लैजादैँ गरेको १९ वटा गाई गोरु सहितको ट्रकलाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाप्रअ ०३००१ ख २२७० नं मिनि ट्रकलाई १५ वटा जर्सी गाई र ४ वटा गोरुसहित दाउन्नेबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।
रेग्मीका अनुसार मिनि ट्रक र त्यसमा भएका गाई र गोरुलाई अहिले ईलाका प्रहरी कार्यालय त्रिवेणीमा राखिएको छ । १९ वटा गाई र गोरु मध्य एउटा गाई र एउटा गोरु ट्रकमै मृत फेला परेका रेग्मीले बताए ।
ट्रकसँगै समातिएका २ जना मजदुरबाट सुनवलको दशकट्ठा बाट लिएर चितवनको फर्म सम्म लैजान मिल्ने गरि बनाईएको कागजात फेला परेको भए पनि थप अनुसन्धान भैरहेको उपरीक्षक रेग्मीले बताए ।
गाई र गोरुलाई निक्कै कष्ट पुर्वक यातना दिएर लैजादै गरेको अवस्थामा फेला पारे पछि प्रहरीले नियन्त्रणमा लिएर त्रिवेणी पुर्याईएको हो । त्यहाँ रहेको गजेन्द्र मोक्ष धामको गौशालामा लोकल प्रजातीको गाई मात्रै राखिने भएकाले अहिले गाई गोरुलाई ईलाका प्रहरी कार्यालय त्रिवेणीमा राखिएको छ । प्रहरीका अनुसार यसरी कष्ट पुर्वक यातना दिएर ल्याईएका गाई गोरुलाई कागजमा उल्लेखित फर्ममा नै फर्काईने छ ।
गत ७ महिनाको अवधिमा कष्ट पुर्वक यातना दिएर ल्याईदै गरेका चौपायालाई क्वारेन्टाइनमा बुझाएको थियो ।
दाङ, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीबाट यसरी गाई तथा गोरुहरु कागजनै बनाएर नेपालको पुर्वी नाका सम्म पुर्याउने र त्यहाँबाट बंगलादेश लैजाने गरिएको प्रहरीको आशंका छ ।
प्रकाशित : २०८१ असोज ४ गते १८:४१
Facebook Comment