कावासोती र देवचुलीमा प्लास्टिकजन्यका माला बिक्री वितरणमा प्रतिबन्ध

NAWALPUR TIMES
प्रकाशित : २०८१ असोज १ गते १९:४५
कावासोती र देवचुलीमा प्लास्टिकजन्यका माला बिक्री वितरणमा प्रतिबन्ध

कावासोती । नवलपुरका दुईवटा नगरपालिकाले प्लास्टिकजन्य फुलका गुच्छा र माला उत्पादन,बिक्री वितरण र भण्डारणमा प्रतिबन्ध लगाएका छ्न ।

कावासोती र देवचुली नगरपालिकाले सूचना जारी गरेर प्लास्टिक जन्य उत्पादन,बिक्री वितरण र भण्डारणमा प्रतिबन्ध लगाएका हुन ।

प्लाष्टिकजन्य फुलका गुच्छा तथा मालाले वातावरणीय प्रदूषण हुनका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पार्ने भएकाले दुवै नगरपालिकाले प्लाष्टिकजन्य फुलका गुच्छा तथामालाको उत्पादन,बिक्री वितरण र भण्डारणमा रोक लगाएको जनाएका छ्न । प्लास्टिक जन्य उत्पादन,बिक्री वितरण र भण्डारण गरेको पाईएमा प्रचलित कानुन बमोजिम सजाय गरिने नगरपालिकाहरुले जनाएका छ्न ।

त्यसै गरि स्थानीय स्तरमा किसानले उत्पादन गरेका सयपत्री, गोदावरी, मखमली लगायतका फूल तथा मालाहरुको प्रयोगमा जोड दिन नगरपालिकाहरुले आग्रह गरेका छ्न भने

संघीय सरकारको वन तथा वातावरण मन्त्रालयले समेत २०७९ साउन १२ गते राजपत्रमा सूचना प्रकाशन गरेर प्लास्टिक जन्य फूलको गुच्छा तथा मालाको उत्पादन, आयत बिक्रीवितरण तथा भणडारणमा रोक लगाएको थियो । प्लाष्टिकजन्य फूलका कारण वातावरणमा धेरै असर परेको र फोहोर व्यवस्थापनमा पनि समस्या भएको भन्दै प्राकृतिक फूल उत्पादन तथा बिक्री वितरणमा पनि कमी आएपछि सरकारले २०७९ सालमै मन्त्री स्तरको निर्णय गरेर प्लास्टिक जन्य फूलको गुच्छा तथा मालाको उत्पादन, आयत बिक्रीवितरण तथा भणडारणमा रोक लगाएको थियो ।

प्रकाशित : २०८१ असोज १ गते १९:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI