गण्डकीमा टुङ्गो लाग्यो एमालेको मन्त्रालय, मनाङे वन मन्त्रालयमा सरुवा

NAWALPUR TIMES
प्रकाशित : २०८१ भदौ १७ गते १३:४३
गण्डकीमा टुङ्गो लाग्यो एमालेको मन्त्रालय, मनाङे वन मन्त्रालयमा सरुवा

कावासोती । गण्डकी प्रदेशमा नेकपा एमालेले पाउने चार मन्त्रालय टुङ्गो लागेको छ । एमालेले कृषि, भूमि व्यवस्था तथा सहकारी, स्वास्थ्य, भौतिक पूर्वाधार विकास तथा यातायात र  उद्योग तथा पर्यटन मन्त्रालय पाएको छ ।

एमालेकी पद्मा जिसी कृषि, कृष्णप्रसाद पाठक स्वास्थ्य, मित्रलाल बस्याल पर्यटन र प्रकाशबहादुर केसी भौतिक मन्त्री दिने टुंगो लागेको छ । मन्त्रीहरूको शपथ आज दिउँसो २ बजे पर्यटन बोर्ड पोखराको सभाहलमा गर्ने तयारी छ ।  हालका भौतिकमन्त्री राजीव गुरुङ (दीपक मनाङे) को मन्त्रालय हेरफेर भएको छ ।

उनले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । कांग्रेसका विन्दुकुमार थापा स्वास्थ्य मन्त्रालय टुक्रिएको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयमा यथावत छन् । कांग्रेसका टकराज गुरुङ आर्थिक मामिला मन्त्री र नेसपाका फणीन्द्र देवकोटा पनि ऊर्जा मन्त्रालयमा यथावत छन् ।

प्रकाशित : २०८१ भदौ १७ गते १३:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI