कावासोती । नवलपुरको गैँडाकोटमा मादक पदार्थ सेवन गरेका व्यक्तिले प्रहार गरेको चिर्पटले लागेर एक जना महिला गम्भिर घाईते भएकी छिन ।
गैँडाकोट १३ सिख्रौलीमा बुधबार साँझ मापसे गरेका अनिल सापकोटा र दिलबहादुर थापा झगडा गर्ने क्रममा अनिल सापकोटाले दिलबहादुरलाई प्रहार गरेको चिर्पटले लागेर आफनै घरमा बसिरहेकी ५२ वर्षीय राममाया घर्ती गम्भिर घाईते भएकी नवलपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दाउराको चिर्पटले लागेर गम्भिर घाईते महिलाको पेटमा चोट लागेको र भरतपुर स्थित सरकारी अस्पतालमा आईसियुमा राखेर उपचार भैरहेको छ । घटनामा संलग्न अनिल सापकोटा र दिलबहादुर थापालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।
प्रकाशित : २०८१ भदौ १३ गते १०:१२
Facebook Comment