लायन्स क्लब अफ चितवन वाङमयद्वारा अक्षयकोष स्थापना

NAWALPUR TIMES
प्रकाशित : २०८१ भदौ ९ गते ९:५३
लायन्स क्लब अफ चितवन वाङमयद्वारा अक्षयकोष स्थापना
Messenger creation 54A05107 4BFE 4E5A A278 A2D8E087B445

गैंडाकोट । लायन्स क्लब अफ चितवन वाङमयले मंगलबार एक समारोहका बीच गैंडाकोट नगरपालिका वडा नम्बर ६ मा रहेको भाग्योदय प्राथमिक विद्यालयमा जगदीश-पार्वती स्मृति अक्षयकोष स्थापना गरेको छ ।

लायन्स क्लब अफ वाङमय चितवनका अध्यक्ष सुजन अधिकारीले आफ्ना स्वर्गीय पिता जगदीश अधिकारी र माता पार्वती अधिकारीको स्मृतिमा स्थापना गरेको अक्षय कोषमा १ लाख ११ हजार एक सय रुपैयाँको रकम प्रदान गरेका छन् ।

वाङमयका अध्यक्ष अधिकारीको अध्यक्षता मा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ आर नेपालका डिस्ट्रिक्ट गभर्नर पीएमएमजेएफ लायन दिननाथ न्यौपाने रहेका थिए । प्रमुख अतिथि न्यौपानेले बाबुआमाको स्मृतिमा पवित्र स्थान विद्यालयमा अक्षयकोष स्थापना गरेर पुण्यको काम गरेकोमा धन्यवाद व्यक्त गरे । लामो समय देखि पत्रकारितामा आबद्ध अध्यक्ष अधिकारी नेपाल प्रेस युनियन नवलपुरका उपाध्यक्ष समेत हुन ।

कार्यक्रममा प्रथम भिडिजी एमजेएफ लायन नवराज सापकोटा, द्वितीय भिडिजी एमजेएफ लायन प्रभाकर पण्डित, गैंडाकोट नगरपालिका वडा नम्बर ५ का अध्यक्ष रत्नप्रसाद सापकोटा, वडा नम्बर ६ का अध्यक्ष सुवास चापागाईं, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण सापकोटा, प्राचार्य डिल्लीप्रसाद अम्बै, व्यवस्थापन समितिका पूर्व अध्यक्ष नरहरि सापकोटा शिक्षक अभिभावक सङ्घका अध्यक्ष हिमलाल सापकोटा, लायन कमलप्रसाद श्रेष्ठ, लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट सेक्रेटरी एडभाइजर राजेन्द्र गौतम, लायन जगन्नाथ पुडासैनी, एक्जुकेटिभ चिफ गोपालप्रसाद गौतम, लायन पुरन थापामगर, क्लस्टर चिफ एमजेएफ लायन गोविन्द अर्याल, एमजेएफ लायन देशबन्धु सिग्देल, रिजन चेयर पर्सन एमजेएफ लायन हरिप्रिया रिजाल, जोन चेयर पर्सन लायन प्रकाश सुवेदी, लायन्स क्लब अफ गैडाकोट उत्कृष्टका अध्यक्ष लायन पुरुषोत्तम सापकोटा, क्लबका पूर्व अध्यक्षहरू लायन सूर्यमणि शर्मा, लायन ऋषिप्रसाद लामिछाने, लायन मीरा तिमिल्सिना, क्लबका सेक्रेटरी बिदुर अधिकारी, ट्रेजर हिरामणि शर्मा, सल्लाहकार होमनाथ घिमिरेलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमा क्लबका तर्फबाट पूर्व अध्यक्ष सूर्यमणि रेग्मीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमलाई क्लबका उपाध्यक्ष राजेन्द्र पौडेलले सहजीकरण गरेका थिए ।

प्रकाशित : २०८१ भदौ ९ गते ९:५३
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI