कावासोती । नवलपुरको मध्यविन्दुमा खोलाले मोटरसाइकल बगाएको छ ।
मध्यविन्दु-९ बसन्तपुरमा रहेको अठेरी खोलाले २८ प ६९५ नं को मोटरसाइकल बगाएको हो ।
हुप्सेकोट गिरुबारीबाट मोटरसाइकलमा अन्दाजी ३५ किलो बोडि लिएर बेच्न हिडेका देव बहादुर फाल मगर र उनकी छोरी तुलसी फाल मगर चढेको मोटरसाइकल अठेरी खोलामा आएको बाढिले बगाएको नवलपुर प्रहरीले जनाएको छ ।
मोटरसाइकल र बेच्न लैजान लागिएको बोडि खोलाको बाढिले बगाएको भए पनि मोटरसाइकलमा सवार बाबू छोरीको भने उद्धार गरिएको नवलपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाबू छोरीलाई उद्धार गरेर घर पठाईएको र उनिहरुको मोटरसाइकलको खोजी भैरहेको छ ।
प्रकाशित : २०८१ भदौ ४ गते ११:००
Facebook Comment