राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार पत्रकार शारदा झेंडी मगरलाई

NAWALPUR TIMES

राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार पत्रकार शारदा झेंडी मगरलाई
FB IMG 1722131521315

पोखरा । ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८१’ नवलपुरकि पत्रकार शारदा झेँडी मगरलाई प्रदान गरिने भएको छ ।  विगत १५ वर्षदेखि पत्रकारितामा सक्रिय उनि हाल रेडियो मध्यविन्दु र नवलपुर टाईम्समा कार्यरत छिन । मगर सँग बुद्धदर्शन टेलिभिजनमा समेत स्टेशन म्यानेजरको रुपमा काम गरेको अनुभव छ ।

राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति मार्फत स्थापित तथा मगर पत्रकार संघ कास्की शाखाले सञ्चालन गर्दै आएको पुरस्कार आगामी साउन १५ गते नगद रु. १० हजार सहित प्रदान गरिने नेपाल मगर पत्रकार संघ कास्कीका सचिव प्रविन थापा मगरले जानकारी दिए।

फोनिज गण्डकी प्रदेशका अध्यक्ष, ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८१’ छनौट समितिका संयोजक रुद्र श्रीस मगरको संयोजकमा गठन गरिएको समितिले झेंडी मगरलाई पुरस्कारका लागि सिफारिस गरेको हो । समितिको सदस्यमा राष्ट्रिय कौराहा संरक्षण समितिका अध्यक्ष हर्क आले मगर रेडियो नेपालका खेम सारु मगर, नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष विनुु थापा मगर र सचिव प्रविन मगर रहेका छन ।

निरन्तर मगर भाषा, रितिरिबाज, संस्कृती र कौराह संरक्षणको बारेमा कलम चलाउदै आएका पत्रकारहरुलाई बार्षिक रुपमा पुरस्कृत गरिदै आएको अध्यक्ष आले मगरले जानकारी दिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology