नवलपुरमा मापसे गरेर सवारी चलाउने करिब ५ हजार जना कार्वाहीमा

NAWALPUR TIMES
प्रकाशित : २०८१ साउन ११ गते १९:१२
नवलपुरमा मापसे गरेर सवारी चलाउने करिब ५ हजार जना कार्वाहीमा

कावासोती । आ.व ०८०/८१ मा मादक पदार्थ सेवन गरेर सवारी चलाउने ४ हजार ९ सय ४६ जनालाई जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले कार्वाही गरेको छ ।

जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख
प्रहरी निरीक्षक अच्युतराज आचार्यका अनुसार मापसे गरेर सवारी चलाएका ४ हजार ९ सय ४६ जनालाई कार्वाही गर्दा ५२ लाख ६१ हजार राजस्व संकलन भएको हो ।

आ.व ०७८/७९ मा मापसे गरेर सवारी चलाएका १ सय ९० जनालाई कार्वाही गर्दा १ लाख ९० हजार, ०७९/८० मा ६ सय ४६ जनालाई कार्वाही गर्दा १२ लाख ३९ हजार राजस्व संकलन भएको आचार्यले जानकारी दिए ।

मादक पदार्थ सेवन गरेर सवारी चलाउदा सवारी दुर्घटना बढेको देखिएकोले नवलपुरमा मापसे चेक जाँचलाई तिब्र पारिएको आचार्यले बताए । पछिल्लो तीन वर्षमा नवलपुरमा ३ सय ६ वटा सवारी दुर्घटनामा १ सय १५ जनाले ज्यान गुमाएका छ्न ।

प्रकाशित : २०८१ साउन ११ गते १९:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI