कावासोतीमा मापसे गरेर आमा बुबा कुटपिट गर्ने पक्राउ

NAWALPUR TIMES

कावासोतीमा मापसे गरेर आमा बुबा कुटपिट गर्ने पक्राउ
arrest final

कावासोती । मापसे गरेर आमा बुबा कुटपिट गर्ने एक जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ ।

मापसे गरेर आमा बुबा कुटपिट गर्ने कावासोती-१३ बस्ने चिन्तामणी बस्याललाई प्रहरीले पक्राउ गरेको हो । आईतबार दिउँसो बस्यालले ७२ वर्षीय बुबा बालकृष्ण बस्याल र ६८ वर्षीय आमा जालपी बस्याललाई मापसे गरेर ढोकाको गजबारले हिर्काएका थिए ।

प्रहरीका अनुसार कुटपिटबाट घाईते दम्पतीलाई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएको छ । दुवै जनाको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology