नवलपुरका नेता घर्ती नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको सभापतिमा निर्वाचित

NAWALPUR TIMES

नवलपुरका नेता घर्ती नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको सभापतिमा निर्वाचित
Screenshot 2024 06 27 09 22 31 61 965bbf4d18d205f782c6b8409c5773a4

कावासोती । नेपाली काङ्ग्रेस नवलपुरका नेता ओम बहादुर घर्ती मगर लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको केन्द्रिय सभापतिमा निर्वाचित भएका छन । बुधबार राती काठमाडौंमा सम्पन्न प्रथम महाधिवेशनबाट नवलपुर काङ्ग्रेसका महासमिति सदस्य घर्ती केन्द्रिय सभापतिमा निर्वाचित भएका हुन ।


घर्तीलाई यस अघि नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले लोकतन्त्रवादि आदिवासी जनजाती महासंघको केन्द्रिय सभापतिमा मनोनयन गरेका थिए । नेपाली काङ्ग्रेसको भातृ सङ्गठनहरुको महाधिवेशन हुन नसक्दा घर्तिले भने महाधिवेशन सम्पन्न गरेर आफै सर्वसम्मत नेतृत्वमा चयन भएका हुन ।

महासंघको प्रथम महाधिवेशनबाट सभापति सहित ३ उपसभापति,२ महामन्त्री,७ सहमहामन्त्री,१ कोषाधक्ष,१ प्रबक्ता सहित ११३ जनाको केन्द्रिय समिती निर्वाचित भएको निर्वाचन समितिका संयोजक बिनोद गुरुङले बताए ।

समितिको केन्द्रिय सदस्यमा नवलपुरबाट गोमा खन्डलुक निर्वाचित भएकी छन । महाधिवेशनको उदघाटन असार ११ गते नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले गरेका थिए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology