लमजुङमा पहिरोले ३ घर बगायो, ३ जना बेपत्ता

NAWALPUR TIMES

लमजुङमा पहिरोले ३ घर बगायो, ३ जना बेपत्ता
pahiro stimnews

कावासोती । लमजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ३ जना बेपत्ता भएका छन् ।

क्व्होलासोथार गाउँपालिका–३ पच्यु टोलमा आज बिहान गएको पहिरोले तीनवटा घर बगाउँदा तीन जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष गमी माया गुरुङले  जानकारी दिइन् ।

लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो ।आज बिहान पौने ५ बजे पहिरो गएको गुरुङको भनाइ छ ।

पहिरोमा परी एक जना घाइते भएकोमा उनी खतरामुक्त रहेको बताइएको छ । नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै स्थानीयको सहयोगमा बेपत्ताको खोजी कार्य जारी रहेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology