हरेक संगठनमा महिला अध्यक्ष हुनुपर्छ: मन्त्री चौधरी

NAWALPUR TIMES

हरेक संगठनमा महिला अध्यक्ष हुनुपर्छ: मन्त्री चौधरी
Messenger creation 921103e1 4e89 405b 8780 916170c97914

कावासोती । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले हरेक संगठनको अध्यक्ष महिला हुनुपर्ने बताएकि छिन्। मंगलबार कावासोतीमा आयोजित कार्यक्रममा उनले महिलाहरू संघ,संगठनको प्रमुख नभएसम्म आफ्ना समस्या समाधान नहुने उद्वघोष गरेकि हुन्।

वैदेशिक रोजगारमा गएका युवाहरुको घर परिवारका महिला दिदि बहिनी लक्षित उधमशिलता विकासका लागि आयोजना गरिएको तालिम समापन समारोहमा मन्त्री चौधरीले उक्त कुरा बताएकी हुन्। रिटर्नी माईग्रेन्ट नेपाल नवलपुर शाखाले उनिहरू लक्षित एक महिने आधारभुत ब्युटिसियन तालिमको संचालन गरेको थियो।

तालिममा गैडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिकाको एक सय बीस महिलाहरूको सहभागिता रहेको थियो। कार्यक्रम रिटर्नी माईग्रेन्ट नेपालको आयोजना, राष्ट्रिय युवा परिषदको समन्वयमा नवलपुरका चारवटै पालिकामा संचालन गरिएको गण्डकी प्रदेशका अध्यक्ष नेत्र थनेतले जानकारी गराए।

सो अवसरमा ‘रिटर्नीको ज्ञान,सिप,पुँजी र जाँगर- समृद्व नेपाल निर्माणको आधार’ भन्ने नारा सहित वैदेशिक रोजगारमा गएका युवाहरूको घर परिवारका सदस्यहरूको संस्था प्रवासी परिवार संजालको प्रथम प्रवासी परिवार संजालको भेला पनि आयोजना गरिएको थियो।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology