घाँसे मैदान बन्दै निकुञ्जको ठूलो देवि ताल

NAWALPUR TIMES

घाँसे मैदान बन्दै निकुञ्जको ठूलो देवि ताल
20240522 100529 scaled

सन्जय भट्टराई, कावासोती । कुनै बेला एक पटकमा दर्जन बढी गैँडा एकै साथ आहाल खेल्ने चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको देवि तालमा जलवायु परिवर्तनको असर देखिएको छ । करिब २५ हेक्टर क्षेत्रफल रहेको ताल बिस्तारै घटदै जाँदा तालको धेरै भाग घाँसे मैदानमा परिणत हुँदै गएको हो ।

२०३० सालमा निकुञ्ज स्थापना हुनु अगाडी निकुञ्जको नक्सांकनमा खटेका निकुञ्जका पुर्व प्रमुख संरक्षण अधिकृत रामपृत यादवले कुनै बेलाको यो विशाल ताल बिलाएर घाँसे मैदान हुने पो हो कि भन्ने खतरा बढेको बताए । अहिले देवी तालमा पनि पानी साह्रै कम छ । पानीभन्दा धेरै घाँसले ताल ढाकेको छ । तालको पुर्वी भाग पुरिँदै पुरिँदै गएको छ । पश्चिम तर्फ देखिने पानीले मात्रै तालको अस्तित्व धानेको यादवले बताए । तालको दक्षिण भाग चुरे सँग जोडिएको छ । वर्षा याममा खहरेहरुले ढुंगा माटोसहितको गेग्रान बोकेर तालमा थुपारेको कारणले ताल बिस्तारै खुम्चिदै गएको यादव बताउछ्न  ।

ताल घटदै जानु आफैमा चिन्ताको विषय भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर प्रजा पुनले बताए । ठूलो ताल बिस्तारै घटदै जादा यस्को असर समग्र जैविक विविधतामा परेको बताएका पुनले ताललाई पुरानै अवस्थामा पुर्‍याउन ठूलो बजेट  बताउछ्न । “निकुञ्जको अहिलेको बजेटले ताललाई पुरानो अवस्थामा पुर्याउन पुग्दैन, हामीले विभाग र मन्त्रालयमा कुरा गरेका छौँ”, उनले भने ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology