त्रिवेणी । गण्डकी प्रदेशको ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्र गजेन्द्रमोक्ष दिव्य धाममा मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य ज्यूको नेतृत्वमा षडाचार्य स्वामी श्रीधराचार्यज्यूको अष्टधातुबाट निर्मित पूर्ण कदको मूर्ती माघ ५ गते शुक्रबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री माननीय सुरेन्द्रराज पाण्डेले अनावरण गरेका छन् ।
गजेन्द्रमोक्ष त्रिवेणी धाम क्षेत्र विकास समितिका अध्यक्ष स्वामी कृष्ण प्रपन्नाचार्य ( करपात्री ) ज्यूको संयोजनमा गण्डकी प्रदेशका कृषि मन्त्री महेन्द्रध्वज जिसी लगायत नेपाल सरकारका विभिन्न अधिकारी र समाजसेवी भक्तजनहरूको उपस्थितिमा अनावरण कार्य सम्पन्न भएको हो ।
मूर्ति अनावरणका क्रममा वैदिक विधिबाट सम्पादन गरिएको गुरुपूजनमा समेत मुख्यमन्त्रीको सहभागिता रहेको थियो । देवदेश श्रीनेपालमा आज जेजति सेवाका प्रकल्पहरू हामीबाट चलेका छन् । यी सबै आफ्ना गुरु वैकुण्ठवासी स्वामी श्रीधराचार्यकै आशीर्वाद हो । यसै भावनाले आफ्ना गुरुप्रति कृतज्ञता व्यक्त गर्दै मूर्ति निर्माण गरिएको कुरा श्री मुक्तिनाथ पिठाधिस स्वामी कमलनयनाचार्यले बताए ।
प्रकाशित : २०८० माघ ६ गते ११:४९
Facebook Comment