डिएलए नवलपुरमा अधिकारी निर्वाचित

NAWALPUR TIMES
प्रकाशित : २०८० पुष २७ गते १८:१२
डिएलए नवलपुरमा अधिकारी निर्वाचित

कावासोती । प्रजातान्त्रिक कानुन ब्यवसायी संघ (डि.एल.ए.) नवलपुरको तेस्रो अधिबेशनले पुन: अधिबक्ता गणेश प्रसाद अधिकारीको अध्यक्षमा नौ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको छ ।

शुक्रबार रजहरमा सम्पन्न भएको अधिबेशनले संघको उपाध्यक्षमा अधिबक्ता अर्जुन प्रसाद काफ्ले , सचिवमा अधिबक्ता टंक राज बस्याललाई निर्विरोध चयन गरेको हो ।

डि.एल.ए. का केन्द्रीय सदस्य अधिबक्ता जनकराज ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिबेशनबाट सदस्यहरुमा अधिबक्ताहरु गणेशराज पोख्रेल, गणेश प्रसाद सिग्देल, चेत नारायण भुसाल,अमरजित साहनी , श्रीधर शर्मा र पदमलाल चौधरी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत यज्ञराज अधिकारीले जानकारी दिनुभयो ।

 

प्रकाशित : २०८० पुष २७ गते १८:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI