“राजतन्त्रले जनताको भोक मेटिदैन” : रास्वपा महामन्त्री ढकाल

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर १६ गते १७:०६
“राजतन्त्रले जनताको भोक मेटिदैन” : रास्वपा महामन्त्री ढकाल

१६ मंसिर, नवलपुर ।
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले लोकतन्त्र र गणतन्त्रलाई पार्टीले स्विकार गरेको बताउनु भएको छ । शनिबार नवलपुरको देवचुली नगरपालिका स्थित पिप्रहर सामुदायिक होमस्टेमा जलेश्वर बैठकबाट पारित संयुक्त दस्तावेजको विषय र वर्तमान राजनैतिक अवस्था आगामी कार्यदिशाको बारेमा सम्बोधन गर्दै महामन्त्री ढकालले सो कुरा बताउनु भएको हो ।

उहाँले पछिल्लो समय देशमा राजतन्त्रको कुराहरु उठान भइरहदा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि स्पष्टरुपमा लोकतन्त्र र गणतन्त्रलाई नै स्विकार गरेको बताउनु भयो ।
महामन्त्री ढकालले राजतन्त्रले नेपाली जनताको भोक नमेटिने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीद्धारा राजतन्त्र कुनै हालतमा पनि मान्य नहुने बताउनु भएको छ ।

 

नेपाली जनतालाई समृद्ध नेपाल चाहिएको भन्दै उहाँले भौतिक तथा जनशक्ति विकासले मात्र जनताको भोक मेटिने बताउनु भयो । यस्तैगरी उहाँले देशमा धर्मनिरपेक्षताका कुराहरु आइरहदा घुमाउरो रुपमा हिन्दु राष्ट्रलाई रास्वपाले संकेत गरेको बताउनु भएको छ । महामन्त्री ढकालले सनातन सभ्यता , धार्मिक सांस्कृतिक विविधता पारस्पारिक सहअस्तित्व र पारस्पारिक सम्मानलाई रास्वपाले जोड दिएको बताउनु भयो ।

प्रकाशित : २०८० मंसिर १६ गते १७:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI