गण्डकी खेलकुद परिषदद्वारा ‘एक पालिका एक खेलमैदान’ प्रस्ताव आह्वान

NAWALPUR TIMES

गण्डकी खेलकुद परिषदद्वारा ‘एक पालिका एक खेलमैदान’ प्रस्ताव आह्वान
1622721242 Gandaki Province Khelkud Parisad logo
कावासोती । प्रदेश खेलकुद परिषद गण्डकीले ‘एक पालिका एक खेलमैदान’ निर्माण गर्न आवश्यक प्रस्ताव पेश गर्न आह्वान गरेको छ। प्रदेशका ८५ पालिकालाई लक्षित गर्दै परिषदले गतसाता मात्रै सार्वजनिक सूचना निकालेर प्रस्ताव आह्वान गरेको हो। प्रस्तावको लागि मंसिर १७ गतेसम्मको म्याद रहेको परिषदले जनाएको छ।

प्रदेश सरकारको एकपालिका एक खेलमैदान निर्माण योजना अनुसार नै प्रस्ताव आह्वान गरिएको परिषदले जनाएको छ। प्रदेश सरकार गठनसँगै प्रत्येक पालिकामा खेलमैदान बनाउनुपर्ने भन्दै योजना अघि सारिएको थियो। ‘एक पालिका एक खेल मैदान बनाउने प्रदेश सरकारको योजना हो,’ प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले भने, ‘एक पालिका एक खेल मैदानलाई २५ लाख रुपैयाँ बजेट छुट्टाइएको छ।’

कास्कीमा पोखरा महानगरपालिका तथा चार गाँउपालिका छन्। महानगरभित्र व्यवस्थित तीनवटा खेल मैदान छन्। पोखरा रंगशाला, भण्डारढीक खेल मैदान र पोखरा गोस्ते खेलमैदान छन्। पोखरा रंगशाला बाहेक भण्डारढीक खेलमैदानमा बहुउद्देश्यीय कभर्ड हल निर्माणाधिन अवस्थामा छ। बजेटकै अभावमा अलपत्र छ। त्यस्तै गोस्ते खेल मैदानमा भने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदाँ प्यारापिट सहितको भीआईपी भवनले अझै पूर्णता पाउन सकेको छैन्।

अन्य गाँउपालिकामा भने खेलकुद पूर्वाधारको लागि फराकिलो जग्गा छैन्। यद्यपी उपलब्ध भएका जग्गामा गाँउपालिकाले खेलमैदान बनाउन शुरु गरिसकेका छन। ‘काँडे खेलमैदानलाई पूर्णता दिने योजनामा छौ,’ कास्कीको अन्नपूर्ण गाँउपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले भने, ‘जमिन सम्याउन १२ लाख रुपैयाँ खर्च भइसकेको छ।’ उनका अनुसार मैदान सेभेन ए साईड खेल्न मिल्ने मैदान तयार हुने छ। ‘परिषदको प्रस्ताव आह्वान अनुसार हामीले काँडे खेल मैदान बनाउने प्रस्ताव पठाउँदै छौ,ं’ उनको भनाई थियो।

पछिल्लो समय राष्ट्रपति रनिङशिल्ड प्रत्येक गाँउपालिकाले आयोजना गर्नुपर्छ। गाँउपालिकाबाट जिल्ला हुदैं प्रदेशमा प्रतिस्पर्धा गरेर मात्रै प्रदेशको टिम तयार हुने छ। प्रदेशको टिमले राजधानीमा आयोजना हुने राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागिता जनाउने छ। गाँउपालिकामा राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्ने खेलकुद निर्देशिका बनाइएको छ।त्यही निर्देशिका अनुसार प्रत्येक पालिकाले राष्ट्रपति रनिङशिल्ड आयोजना गरेर आफनो टिम तयार गर्दै आएका छन्।

कास्कीको मादी गाँउपालिकाले पनि भलिबल कोर्टसहितको सेभेन ए साईडको खेल मैदान बनाउन तल्लिन छ। झण्डै १७ रोपनी क्षेत्रफलमा फुटबल मैदानसहित भलिबल कोर्ट बनाउन झण्डै एक करोड रुपैयाँ खर्च गरिएको गाँउपालिकाका अध्यक्ष देवीजंग गुरुङले बताए। ‘मादी खेल मैदानलाई पूर्णता दिने योजनामा छौं। त्यसको लागि आवश्यक प्रस्तावना तयार गर्दैछा,ैं’ उनले भने–‘परिषदले दिने २५ लाखबाट अपुरो पूर्वाधारलाई पूर्णता दिईनेछ।’ उनका अनुसार भैंसेमा मादी गाँउपालिकाले खेल मैदान बनाईरहेको छ। अघिल्लो गाँउपालिकाको कार्यसमितिले खेल मैदान निर्माण शुरु गरेको थियो।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology