एमाले नवलपुरले कात्तिक १८ गते चियापान कार्यक्रम गर्ने

NAWALPUR TIMES

एमाले नवलपुरले कात्तिक १८ गते चियापान कार्यक्रम गर्ने
received 870738208053323

कावासोती । नेकपा एमाले नवलपुर जिल्ला कमिटीले कात्तिक १८ गते शनिबार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

बडादसैं, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा यही कात्तिक १८ गते बिहान ११ बजे शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको नेकपा एमाले नवलपुरका जिल्ला कमिटी अध्यक्ष मुक्तिराम पाण्डेले बताउनुभयो ।

चियापान कार्यक्रममा कावासोतीस्थित पानस बैन्क्युट एण्ड पार्टी प्यालेसमा हुनेछ । चियापान कार्यक्रममा नेकपा एमालेका उपमहासचिव एवम् गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पार्टी सचिव एवम् गण्डकी प्रदेश इञ्चार्ज गोकर्ण बिष्ट, पार्टी स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी सहितका नेताहरु सहभागी हुने एमाले नवलपुरले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology