प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधी नवरङ्गी युवा क्लबलाई

NAWALPUR TIMES

प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधी नवरङ्गी युवा क्लबलाई
received 227593713376697

काशिराम महतो, कावासोती । कावासोती-११ मा जारी प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधी नवरङ्गी युवा क्लब कावासोती-११ ले जितेको छ।

शनिबार सम्पन्न फाईनल खेलमा कावासोती -३ को भानु युथ एकेडेमीलाई टाइब्रेकरमा ५ का विरुद्ध ४ गोलले हराउँदै नवरङ्गीले उपाधि हात पारेको हो ।

निर्धारित समयमा १-१ गोलको बराबरीमा खेल टुङ्गिए पछि खेल टाईब्रेकरमा पुगेको थियो । फाइनल खेलको म्यान अफ द म्याचको उपाधि नवरङ्गीका मिलन गुरुङले हात पारे भने उत्कृष्ट गोलकिपरको उपाधि पनि नवरङ्गीकै बाबुराम महतोले प्राप्त गरे । प्रतियोगिताको सबै भन्दा धेरै गोल गर्ने भगवती युवा क्लब कावासोती-७ क सुरज महतोले सर्वाधिक गोल कर्ताको उपाधी जितेका हुन ।

प्रतियोगिताका विजेता तथा उपविजेतालाई प्रमुख अतिथि रहेका तरुण दल नवलपुरका जिल्ला सदस्य सागर गुरुङले पुरस्कार वितरण गरेका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology