कावासोती । नेपालले चीनमा भइरहेको १९ औं एसियाली खेलकुदमा कम्तीमा कांस्य पदक जित्ने निश्चित भएको छ । महिला कबड्डीको समूह ‘बी’ मा इरानले बुधबार बंगलादेशलाई ५६–१६ ले हराएपछि नेपालको भाग्य खुलेको हो । पहिलो हाफमा इरान २८–५ ले अगाडि रहेको थियो । यस समूहमा लिग चरणका सबै खेल सकिएका छन् र त्यसमा इरान लगातार दुई खेल जित्नै शीर्ष स्थानमा रह्यो ।
पछिल्लो एसियाली खेलकुदको पनि महिला कबड्डीमा स्वर्ण जितेको इरानले यसअघि नेपालाई पनि हराएको थियो । नेपालले भने आफ्नो पहिलो खेलमा बंगलादेशलाई हराएको हो । यस नतिजाका कारण नेपाल समूहको दोस्रो स्थानमा रहेर सेमिफाइनल पुगेको छ । सेमिफाइनल प्रवेश कांस्य पदकका लागि पर्याप्त रहेको छ ।
महिला कबड्डीको अर्को समूहको शीर्ष दुई टिम निश्चित भएपछि नेपालको त्यस चरणमा प्रतिद्वन्द्वी निश्चित हुनेछ ।
प्रकाशित : २०८० असोज १७ गते ९:४६
Facebook Comment